काठमाण्डाै – सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ ।कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो । यो नम्बरमा फोन गरेर नाम टिपाएमा कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।अक्सिजन अभावमा नेपालमा पनि केही अस्पतालमा संक्रमितले ज्यान गुमाउनु परेको छ । अहिले देशभर काठमाण्डाैमा ८ सहित २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् । अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध ...