गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएसँगै सहकारी संस्था एकीकरण...
काठमाडौं, २८ असार । सरकारले खर्च कटौतीको लागि नापी र मालपोत कार्यलयलाई एकीकरण गर्ने तयारी थाल्ने भएको छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमै नापी र मालपोत कार्यलयलाई क्रमशः एकीकरण गर्ने नीति लिएको थियो । विनियोजन विधेकको सोही नीति बमोजिम काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले बताईन् । आज […]
बाँके, (नेस) । बाँकेमा आठ वटा सहकारीबीच एकीकरण भएको छ । राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ८ मा सम्पन्न एकीकरण घोषणा कार्यक्रममा राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकाका साना किसान सहकारी एकीकरण भएका हुन् । एकीकरणपश्चात सहकारीमा १० हजार ५ सय सदस्य तथा शेयर पुँजी १० करोड ६ लाख रुपिया“ रहेको छ । […]
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो । एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हु
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । पछिल्लो समय सहकारीमा समस्या आउन थालेपछि यसअघि पनि पाँच सहकारीले एकीकरण सम्झौता गरेका थिए ।काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण […]
सहकारी संस्थाहरू जुन उद्देश्यबाट खोले पनि बचत तथा ऋणको कारोबार सबैले गरेको पाइन्छ । तर उद्देश्यमुताबिक अन्य काम भने हुन सकेको देखिँदैन । सहकारी अभियन्ताहरुले आफ्नो भाषणमा गुणात्मकतालाई जोड दिई उद्देश्यमुखी बनाउन उत्प्रेरित गर्नुपर्ने आवश्यकता छ । उद्देश्यमुखी बनाउनका लागि पनि सहकारी संस्था एकीकरण गर्नुपर्ने देखिन्छ । मुलुकमा खुलेका कतिपय सहकारी संस्थाहरुप्रति विश्वास कम हुँदै […]
काठमाडौंको तिनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र भोटाहिटीस्थित रानीपोखरी बचत तथा ऋण सहकारी संस्था मर्जरमा गएका छन् । दुवै संस्थाका सेयर सदस्यहरूको उपस्थितिमा शनिबार राजधानीमा भएको साधारणसभाबाट एकीकरण प्रस्ताव...
१६ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा चारवटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । चारैवटा सहकारी संस्थाले शंकरनगरमा संयुक्त भेला गरी एकीकृत भएको घोषणा गरेका हुन् । सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था, मणिप्रभा बचत तथा ऋण सहकारी, सूर्यकिरण बचत तथा ऋण सहकारी र द्रव्याञ्जली वचत तथा ऋण सहकारी संस्था एकीकृत भएका हुन् । एकीकरणपछिको […]
सहकारी विभागले विगत दुई वर्षमा एक सयभन्दा बढी सहकारी एकआपसमा समायोजन गरिएको छ । समान उद्देश्य र एउटै कार्यक्षेत्र भएका काठमाडौँ उपत्यका र उपत्यका बाहिरका सयभन्दा बढी सहकारी समायोजन गरी ५० बनाइएको छ ।दर्ता भएर लामो समयसम्म सेवा प्रदान गर्न नसकेका सहकारीलाई समायोजन गरिएको हो । एकीकरण तथा विभाजन निर्देशिका, २०७७ अनुसार फरक–फरक सहकारी एक हुन पाउँछन् । यसरी एक हुन चाहने सहकारीले विभागमा निवेदन पेश गर्नुपर्ने कानुनी प्रावधान छ । सोही निर्देशिकाको आधारमा सहकारी एकीकरण भएका हुन् । हाल देशभरि ३० हज
काठमाडौं (अस) । कीर्तिपुर नगरपालिकामा पहिलो पटक तीन वटा सहकारी एकीकरण भएका छन् । कीर्तिपुर–९ स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था, काठमाडौं महानगर–१७ को सोनित्य बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगर–१७ अनामनगर रहेको आदिवासि जनजाति महिला बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण प्रक्रिया सम्पन्न भएको हो ।
बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट वैशाख ९ गते उक्त एकीकरण प्रक्रिया स्वीकृत भएसँगै एकीकरण सम्पन्न भएको हो ।
तीनै संस्थाबीच गठन भएको एकीकरण कार्यदलबीचको छलफल एवं तीन वटै संस्थाको पछिल्लो साधारणसभा र एकीकृत साधारणसभाबाट तीन संस्थाबीच एकीकरण गर्ने निर्णय
भएको थियो ।
तीन वटा सहकारी एकीकृत भएपछि काठमाडौं–१७ खुसिबुँ र चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र सञ्चालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जनले बताए । अन्य केही स्थानमा पनि चाँडै सेवा केन्द्र विस्तार हुने उनले जानकारी दिए ।
संस्थाको एकीकृत साधारणसभाबाट दिनेश दर्शनधारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ । उपाध्यक्षमा तारा तुलाधर, सचिवमा यशोदा राई, कोषाध्यक्षमा जेनु महर्जन, सदस्यमा शान्ति कुमारी राई, दीपक नेपाली र जेनिस महर्जन सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सल्लाहकारमा रीता श्रेष्ठ, शिव श्रेष्ठ, बुद्धिबहादुर महर्जन, नजरराम महर्जन, बुद्धिबहादुर माली, छविलाल जोशी, बछला दर्शनधारी, बुद्धिबहादुर महर्जन–२, नजराम महर्जन–२ मनोनीत भएको संस्थाले जनाएको छ ।
बाँकेमा सहकारी संस्थालाई सुदृढ र झन् बलियो बनाउन जिल्लाका आठ वटा सहकारी संस्थाले एकीकरण गरेर एकीकृत कारोबार गर्ने निर्णयमा पुगेका छन् । कोराना महामारीपछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरू राम्रो तरिकाले सञ्चालन हुन नसकेको जनाउँदै बाँकेका आठ वटा साना किसान सहकारी संस्था ‘अष्टम साना किसान कृषि सहकारी संस्था’ को नाममा एकीकरण भएका हुन् ।