नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माद्वारा जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गर्दै ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’को औपचारिक रूपमा शुभारम्भ गरेका छन् ।
सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, पति वा पत्नीको नाममा नेपालभित्र आफ्नो घर नरहेका बहालवाला सकलदर्जाहरूलाई अत्याधिक सहुलियतपूर्ण ब्याजदर जम्मा ३.३२ प्रतिशतमा मुलुकभर भवन निर्माण गर्न वा घर खरीद गर्न २५ लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली सेनाद्वारा आवास कर्जा सुविधा कार्यान्वयनमा ल्याइएको ह...