काठमाडौं- नेपाली सेनामा १० वर्ष काम गरिसकेका तर आफ्नो नाममा घर नभएकाले अब २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने भएका छन्। नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय र राष्ट्रिय वाणिज्य बैंकबीच सोमबार ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवाज कर्जा’को सहमती पत्रमा हस्ताक्षर भएको छ। अब त्यस्ता सैनिकले वार्षिक ३.३२ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने छन्। […]