लमजुङ : पूर्वी लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई मौरीसहितको ४० वटा घार वितरण गरेको छ। दोर्दी गाउँपालिका कृषि शाखाले किसानलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गर्ने उद्देश्यले दोर्दी ४ नौथर वडाभित्रका किसानको मागअनुसार ७५ प्रतिशत अनुदानमा गोलासहितको मौरी घार वितरण गरेको हो।गाउँपालिकाले नौथर कृषक समूहमार्फत दोर्दी ४ का साबिक ९ वटै वडा समेटिने गरी आधुनिक मौरीसहितको घार वितरण गरेको जनाएको छ। नौथर कृषक समूहले वडाभित्रका एक सय घर परिवारलाई प्रतिघर एक मौरी घार वितरण