शारीरिक सम्पर्क र जबरजस्ती यौनजन्य क्रियाकलाप आपराधिक कार्यमा पर्छन् । तर बहालवाला मन्त्रीलाई नै फसाउन यौनकाण्ड रच्न खोजिएको खुलासा भएको छ ।
भारतको राजस्थानमा १९ वर्षीया मोडल गुनगुन उपाध्यायले होटलको छतबाट हामफालेर आत्महत्या गरेपछि मन्त्रीलाई यौनकाण्डमा फसाउन खोजेको खुलासा भएको छ ।
उपाध्यायको आत्महत्यापछि छानबिन गरेको प्रहरीले ‘हनी ट्रयाक’ गिरोहको खुलासा गरेको छ । प्रहरीका अनुसार गिरोहले राजस्व मन्त्री रामलाल जाटलाई यौनकाण्डमा फसाउन खोजेको थियो ।
जोधपुर प्रहरीका अनुसार गिरोहले उपाध्यायलाई जालमा पारेको थ...