कोरोना नियन्त्रणका लागि नेपाललाई अमेरिकाले गर्‍यो ५ करोड डलर सहयोग

अमेरिकी रक्षा विभागबाट ५ करोड ८० लाख डलर नेपाललाई प्राप्त भएको छ । गत साता अक्सिजन प्लान्ट स्थापना गर्न रक्षा विभागले २ करोड ७५ लाख रकम पठाएको दूतावासले जनाएको छ ।

सम्बन्धित सामग्री

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

मंसिर २९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मिना नेपालको बारीमा लटरम्म गोलभेंडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ’, गोलभेडा टिप्दै गरेकी नेपालले भनिन् ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेडा रोपेकी छिन् ।  ‘श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नुहुन्न । रेखदेख मेरै हो,’ उनले भनिन् ‘विदाको समयमा सहयोग श्रीमानले पनि सहयोग गर्नुहुन्छ । अरुबेला आफैं खटिन्छु ।’ खेताला, बीउविजन, औषधी गर्दा डेढ लाख जति लगानी परेको उनी बताउँछिन् । नेपाल मात्रै होईन डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेंडा लगाउँदै आएका सोहि ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेंडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन’, उनले भने ‘बारीमै गोलभेंडा उठाउन आउँछन् ।’  उनीहरुले अहिले गोलभेंडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाई खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । ‘गत वर्ष गोलभेंडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ’, अध्यक्ष श्रेष्ठले भने ‘यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साँढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानहरुलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताईन् । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरीले गोलभेडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक ७०० क्रेट यहाँका किसानले फलाएका गोलभेंडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । गाडी लिएर किसानको गोलभेंडा लिन व्यापारीहरु गाँउमानै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । यहाँका किसानको गोलभेंडा फलाउने तरिका अलि फरक छ । किसानहरुले मकै दोर्‍याउने बेला गोलभेंडाका विरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेंडालाई थाक्रो हुन्छ । यसले गोलभेंडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेंडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताइन् । बिना सिँचाई यहाँको माटोमा गोलभेंडा फल्ने गरेको उनले बताए ।  यो क्षेत्र समुन्द्री सतहबाट १ हजार ४०० मिटरको उचाईमा छ । दक्षिण पटी फर्केको जमिन, रातो र कालो मिसिएको माटो तरकारीका लागि उर्वर मानिएको छ । डडुवा, रानीटार र झुलेटारका ३०० घरधुरी हरेक परिवारले मकै भित्र रोपेका गोलभेंडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रुपमा गोलभेंडा रोपेका परिवारले पनि यो समय कम्तीमा १ लाख आम्दानी गरेका छन् ।

कोरोना नियन्त्रण गर्न अमेरिकाद्वारा नेपाललाई ८ अर्बभन्दा बढीको सहयोग

काठमाडौं। कोरोनाविरुद्धको लडाईमा नेपाललाई अमेरिकाले ७ करोड अमेरिकी डलर (८ अर्ब ३३ करोड ७५ लाख ५३ हजार रुपैयाँ) बजारबरको सहयोग गरेको छ। यसमाअक्सिजन सिलिन्डर, श्वासप्रश्वास उपकरण, कोभिड–१९ परीक्षण, कन्ट्याक्ट ट्रेसिङलगायतका सामग्री र युएसएआइडीद्वारा परिचालित साढे ५ करोड डलर रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। चिकित्सा उपकरण तथा सामाग्रीका लागि ७३ लाख डलरभन्दा बढी प्रदान गरेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा स्वास्थ्य उपकरण सहयोग

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकले भेन्टिलेटर, २० वटा अक्सिजन कन्सनटेटेर, १० हजार थान मास्क, २ हजार ग्लोब्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निभन घोसले मन्त्रालयका प्रमुख विज्ञ डा. रोसन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।यसअघि ५ करोड ७५ लाख रुपैयाँ कोडिभ […]

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ९० लाख ९२ हजार ५१० रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ९० लाख ९२ हजार ५१० रुपैयाँ) बराबरको सहयोग गरेको जनाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग(युएसएआइडी)मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।

चुरोट कम्पनीको ५ करोड सहयोगमा बाल अस्पताल निर्माण गर्दै डा. कोइराला

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँ इस्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को निर्माणमा नेपाली चुरोट कम्पनी सूर्य नेपालले आर्थिक सहयोग गर्ने भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको सो अस्पताललाई सूर्य नेपालले ५ करोड रुपैयाँ सहयोग गर्न लागेको हो । यस सम्बन्धि किओचका तर्फबाट डा. कोइराला र चुरोट कम्पनीका तर्फबाट सूर्य […]

पाँच नगरपालिकालाई काठमाडौं महानगरको ५ करोड सहयोग

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्र भित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ। महानगरपालिकाले पाँच वटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेकसमेत हस्तान्तरण गरेको…

काठमाडौँ महानगरपालिकाबाट विभिन्न नगरपालिकालाई ५ करोड सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत आज उपत्यकाका पाँच ओटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुईओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।कार्यक्रमपछि महानगरपालिकाले पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपाल

एनआरएनएलाई आइएलओको ५ करोड १० लाख सहयोग

संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ। आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको एनआरएनएले शनिवार एक विज्ञप्ति जारी गर्दै जनाएको हो।