स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा स्वास्थ्य उपकरण सहयोग

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकले भेन्टिलेटर, २० वटा अक्सिजन कन्सनटेटेर, १० हजार थान मास्क, २ हजार ग्लोब्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अर्निभन घोसले मन्त्रालयका प्रमुख विज्ञ डा. रोसन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।यसअघि ५ करोड ७५ लाख रुपैयाँ कोडिभ […]

सम्बन्धित सामग्री

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं (अस) । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान एन९५ सर्जिकल मास्क र २ हजार थान पञ्जा उपलब्ध गराएको हो । बैंकले कोरोना महामारीविरुद्धको लडाइँमा सरकारको राहत वितरणमा सघाउन पु¥याउन यो सहयोग गरेको हो । मेडिकल र स्वास्थ्य उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महामारीविरुद्धको लडाइँमा समुदायलाई सघाउन नेपालप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर जारी रहने सीईओ दास्तिदारले बताए । बैंकले यसअघि कोरोना संक्रमणको पहिलो लहरका बेला राहतस्वरूप विविध परियोजनालाई ५ करोड ७५ लाख रुपैयाँ योगदान दिएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ अधिकारी पनि उपस्थित थिए ।