स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मकवानपुरमा राजनीतिक गतिविधिले तीव्रता पाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित भएर राजनीतिक दलहरुले जिल्लाका सबै स्थानीय तहमा आफ्ना कार्यक्रम सुरु गरिसकेका छन् । यसै क्रममा नेकपा एमाले पनि जिल्लामा स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ भने निर्वाचन रणनीति निर्माणमा पनि लागेको छ । यसअघि जिल्लामा बलियो अवस्थामा रहेको एमालेलाई आगामी निर्वाचनमा पार्टी विभाजनको असर पर्ने देखिएको छ । विभाजन कै कारण एमालेलाई जिल्लाका स्थानीय तहह