हेटौंडा : हेटौंडाको वर्षौं पुरानो घाउ फेरि बल्झिएको छ। हेटौंडा बजारको बाटो विस्तार गरेर फराकिलो बनाउने वर्षौं पुरानो योजना पुनः एकपटक चर्चामा आएसँगै पुरानो घाउ फेरि बल्झिएको हो। बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य राजमार्गको दायाँबायाँ २५-२५ मिटर भत्काएर सडक विस्तार गर्ने सरकारको योजना वर्षौंदेखि अलपत्र छ।सरकारले बिना मुआब्जा सडक विस्तार गर्न लाग्दा पटक-पटक स्थानीयले रोक्दै आएका छन्। सरकारको योजनाअनुसार सडक विभागले सडक विस्तार गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप नै भएको थियो भने यसको वि