नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाका विभिन्न स्थानीय तहमा काँग्रेसको नेतृत्व चयन भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये सात वटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने दुई पालिकामा निर्वाचन भएको छ । एउटा पालिकामा भने अधिवेशन स्थगित भएको छ ।पालिका अधिवेशनबाट रामपुर नगर कार्यसमितिको सभापतिमा पुनः नेत्रप्रसाद भट्टराई निर्वाचित भएका छन् । कुल २०८ मत खसेकोमा भट्टराईले १२५ मत ल्याए । उनका प्रतिस्पर्धी अर्जुनप्रसाद रेग्मीले ८२ मत प्राप्त गरेका थिए ।नगर उपसभापतिमा देवबहादुर थापा मश्