रौतहटका १२ स्थानीय तहमा माओवादी केन्द्रको पालिकास्तरीय अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये १२ ओटामा अधिवेशन सम्पन्न भएको हो ।६ वटा स्थानीय तहमा सहमति हुन नसकेका कारण अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताएका छन्।