इराकको एक अस्पतालमा कोरोना भाइरस आइसोलेशन वार्डमा आगलागी हुँदा कम्तीमा ५० भन्दा बढीको मृत्यु भएको छ ।यद्यपि, इराकको नसिरिया शहरको दक्षिणमा अल–हुसैन अस्पतालको आगलागी सोमबार अबेर रातीसम्म नियन्त्रण पाइएको थियो ।हाल आगलागीको कारण स्पष्ट छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बिस्फोट भएपछि फैलिएको अनुमान गरिएको छ ।इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।यस्तै बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।रोयटर्स समाचार