इराकको नसिरिया शहरस्थित एक आईसोलेशन वार्ड रहेको अस्पतालमा आगलागी हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आगलागिको कारण प्रष्ट भइनसके पनि अक्सिजन टयाङ्क विष्फोट भएर आगलागिीभएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल खदिमीले अस्पतालका सञ्चालकलाई पक्राउ गर्न आदेश दिनुभएको छ । इराकी सञ्चारमाध्यमहरुले भने कम्तिमा ६४ जनाको मृत्यु भएको र ७० जना घाईते भएको उल्लेख गरेको छ ।