इराकमा कोभिड आइसोलेसनमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

इराकमा एक अस्पतालमा आगलागी हुँदा ५० भन्‍दा बढी बिरामीको मृत्यु भएको छ। नसिरिया शहरको अल हुसैन अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा आगलागी भएको थियो। आगो सोमबार मध्यरातमा नै नियन्त्रणमा लिइएको छ। अस्पतालमा रहेको अक्सिजन ट्यांकमा विस्फोट हुँदा आगो फैलिएको अनुमान गरिएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ। आगलागीको घटनापछि इराकका…

सम्बन्धित सामग्री

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी : २० जनाभन्दा बढीको मृत्यु

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी हुँदा २० जनाभन्दा बढीको मृत्यु भएको छ । जसमा २३ जना कामदार फसेको बताइएको छ । स्थानीय समयअनुसार  सोमबार बिहान १०:३१ बजे राजधानी सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेङमा रहेको प्राथमिक ब्याट्री प्लान्टमा आगलागी भएको हो ।

कुवेतको भवनमा भएको आगलागीबाट ३५ बढीको मृत्यु

कुवेतमा करिब दुईसय विदेशी कामदार रहेको एक भवनमा बुधबार बिहानै आगलागी हुँदा ३५ जनाभन्दा बढीको मृत्यु भएको छ । आगलागीबाट धेरैजना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

आर्मेनियाको सैनिक ब्यारेकमा आगो लाग्दा पन्ध्र जनाको निधन

येरेभान । आर्मेनियाको सैनिक ब्यारेकमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । देशको पूर्वी गेघरकुनिक क्षेत्रको अजात गाउँमा बिहीबार ९ बिहान आगलागी हुँदा ती सैनिक मारिएका हुन् । प्रारम्भिक जानकारी अनुसार सैन्य इकाईको इन्जिनियर र स्नाइपर कम्पनीको ब्यारेकमा भएको आगलागीको कारण खुलिनसकेको उक्त मन्त्रालयले बताएको छ । गत अगस्टमा राजधानी येरेभानको व्यस्त बजारमा विष्फोट र त्यसपछि भएको आगलागीमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो ।  करिब ३० लाख जनसङ्ख्या भएको आर्मेनिया सन् २०२० मा अजरबैजानसँग भएको  युद्धबाट नासिएका भौतिक संरचनालगायत पूर्वाधार पुनः निर्माणमा लागेको छ । युद्धमा  पराजय...

साउदी अरबमा १६ जना नेपाली बाटोमै अलपत्र

काठमाडौं। काम गरिरहेको कम्पनीले कोठाबाट निकालिदिएपछि साउदी अरबमा १६ जना नेपालीले बाटोमा रात बिताएका छन्। प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि गठन गरिएको गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दैछ। निजामती कर्मचारीहरुले दोस्रोे चरणको अन्दोलन सुरु गरेका छन्। अभियान लघुवित्तको आईपीओ बाँडफाँड हुँदैछ। इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ बढीको मृत्यु भएको छ।

इराकी अस्पतालमा आगलागी, ६० जनाभन्दा बढीको मृत्यु

इराकको नसिरिया शहरस्थित एक आईसोलेशन वार्ड रहेको अस्पतालमा आगलागी हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आगलागिको कारण प्रष्ट भइनसके पनि अक्सिजन टयाङ्क विष्फोट भएर आगलागिीभएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल खदिमीले अस्पतालका सञ्चालकलाई पक्राउ गर्न आदेश दिनुभएको छ । इराकी सञ्चारमाध्यमहरुले भने कम्तिमा ६४ जनाको मृत्यु भएको र ७० जना घाईते भएको उल्लेख गरेको छ ।

इराक  : कोभिड वार्डमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

इराकको एक अस्पतालमा कोरोना भाइरस आइसोलेशन वार्डमा आगलागी हुँदा कम्तीमा ५० भन्दा बढीको मृत्यु भएको छ ।यद्यपि, इराकको नसिरिया शहरको दक्षिणमा अल–हुसैन अस्पतालको आगलागी सोमबार अबेर रातीसम्म नियन्त्रण पाइएको थियो ।हाल आगलागीको कारण स्पष्ट छैन तर सुरुवाती अनुसन्धानमा आगो एक अक्सिजन ट्याङ्कमा बिस्फोट भएपछि फैलिएको अनुमान गरिएको छ ।इराकका प्रधानमन्त्री मुस्तफा अल–कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन् ।यस्तै बिरामीका आफन्तले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् ।रोयटर्स समाचार