सम्भवतः यो खेल जित्नुपर्ने खुमलटार एफसीले नै हो । यो त भयो भावनात्मक कुरा । मैदानी कथा भने बेग्लै रह्यो । कीर्तिमान आठपल्टको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले सहिद स्मारक लिगको २३ औं चरणको अन्तिम खेलमा खुमलटारलाई पराजित गर्यो । मनाङ धेरै अर्थमा भाग्यमानी रह्यो भने खुमलटार अभाग्यशाली । खुमलटारको कम्तीमा दुई प्रहार पोस्टतर्फ अग्रसर थियो, तर पोस्टमा ठोक्किए । हुँदाहुँदा एलान थापा पेनाल्टीमा गोल गर्नसमेत चुके ।