भरतपुर महानगरपालिकाको ५५ प्रतिशत माटो उपचार बिना कृषि गर्न नमिल्ने अवस्थामा पुगिसकेको छ । माटोमा तिब्र रुपमा रसायनिक मल र विषादीको प्रयोग गरेकाले महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या रहेको देखिएको हो । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजाले यस्तो देखाएको हो ।महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण गर्दा ५५ प्रतिशत माटोमा अम्लियपन देखिएको प्रयोगशाला हेटौडाका प्रमुख डा जनार्दन खड्क