नेपालको माटो (The Soils of Nepal) नामक पुस्तक अन्तर्राष्ट्रिय प्रकाशक स्प्रिन्जर नेचर (Springer Nature) बाट प्रकाशित भएको छ । उक्त पुस्तक वैज्ञानिकद्वय रोशनबाबु ओझा र दिनेश पाण्डेद्वारा सम्पादन गरिएको हो । नेपाल र नेपाल बाहिर रहनुभएका नेपालको माटोमा अनुसन्धान गरेको अनुभव भएका २२ जना लेखकहरु समावेश भई यस पुस्तकको १२ ओटा पाठ तयार पारिएको छ ।नेपालमा माटो सम्बन्धि अध्ययन र अनुसन्धानको सुरुवात सन् १९५७ मा कृषि बिभाग अन्तर्गत माटो बिज्ञान शाखा स्थापना भएसँगै सुरु भएको हो । अहिल