चिनियाँ चेतावनीको वेवास्ता गर्दै अमेरिकी सभामुख ताइवानमा, विश्वमा नयाँ द्वन्द्व निम्तिने डर

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एसियाली देशको भ्रमणको क्रममा ताइवान पुगेकी छिन् । उनी मंगलबार राति स्थानीय समय अनुसार करिब ११ बजे अमेरिकी सेनाको विमानमा ताइवान पुगेकी हुन् ।चीनले उनलाई ताइवान भ्रमण नगर्न बारम्बार चेतावनी दिदाँ दिंदै पनि उनी ताइवान पुगेकी हुन् । सभामुख पेलोसी ताइवानको राजधानी ताइपेइ पुगेसंगै २५ वर्षभन्दा बढी समयपछि त्यहाँको भ्रमण गर्ने उहाँ उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी बनेकी छिन्। उनको ताईवान भ्रमणले अमेरिका– बेइजिङ तनाव बढाएको छ । चीनले ताइवानको भुमिलाईआफ्नो दाबी गर्दै आएको छ । चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ । बेइजिङले सभामुख पेलोसी ताइवान भ्रमणमा निस्किएमा आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको थियो । उनले ताइवान भ्रमण गरेमा त्यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मेवारी स्वयं अमेरिकाले लिनु पर्ने चेतावनी चीनले दिईरहेको छ। चेतावनीका बाबजुद उनले ताइवान भ्रमण गरेकी हुन् । उनी आजको रात ताइवान मै बिताउने बताईएको छ ।  चीनको बदलाको धम्कीले ताइवानमा नयाँ सङ्कट निम्त्याउने र यसले विश्वव्यापी बजार र आपूर्ति शृङ्खलाहरू ध्वस्त पार्न सक्ने आँकलनहरु गरिएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले बेइजिङको उक्त प्रतिक्रियाको निन्दा गर्दै चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संल्गन हुन नचाहेको स्पष्ट गरेको थियो । अमेररिकाले आफु एक चीन नीतिमा स्पष्ट रहेको जनाएको थियो । राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयम् सभामुख पेलोसीको भएको बताएका थिए। उनले अमेरिकी सांसदले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गरेको पनि स्मरण गराएका थिए । सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन् । बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ । बेइजिङले ताइवानसँगको अमेरिकीसम्पर्कलाई द्वीपको दशकौं पुरानो स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन् ।