चालु आर्थिक वर्षको बजेटमा खारेज गरेको मेलम्ची विकास समितिलाई केही नयाँ प्रावधान थप गरेर ब्यूँत्याइएको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण पूरा भएको भन्दै आर्थिक वर्ष २०७८/२०७९ को बजेट वक्तव्यमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले समिति खारेज गरेका थिए ।