पूर्वतयारीबिनै हचुवाको भरमा बजेट वक्तव्यमार्फत खारेजीको घोषणा गरिएको बहुचर्चित मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युँताउने कि अन्य निकायमा गाभ्ने भन्ने अन्योल देखिएको छ । गौरवको आयोजनाअन्तर्गतको मेलम्चीको निर्माण प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले गठन गरिएको समिति खारेजीको निर्णय अहिले अलपत्र छ ।