महालक्ष्मीको क्रमिक बचत खाता योजना, दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।  मात्र रु.१००० मै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा सँवामा गाभि एकमुष्ठ रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित सामग्री

साढे ७ प्रतिशत ब्याज पाइने कुमारी बैंकको 'गज्जबको बचत खाता' योजना सार्वजनिक

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई लाभ पुर्‍याउने उद्देश्यले नयाँ खाता योजना सार्वजनिक गरेको छ । बैंकले न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको 'गज्जबको बचत खाता' योजना सार्वजनिक गरेको हो ।

एप्पलबाट बचत खाता योजना सुरु, ४ दशमलव १५ प्रतिशत ब्याज दिने

एप्पलले सोमबार आफ्नो एप्पल कार्ड बचत खाता योजना सुरु गरेको छ । जसमा रकम डिपोजिट गर्नेहरुलाई ४ दशमलव १५ प्रतिशत वार्षिक ब्याज दिइने भएको छ । यसको लागि कुनै न्यूनतम डिपोजिट वा ब्यालेन्स आवश्यक नपर्ने र प्रयोगकर्ताहरूले आफ्नो आईफोनहरूमा वालेट एपबाट खाता सेटअप गर्न सक्ने एप्पलले जनाएको छ । एप्पल कार्ड मार्फत कमाइएका सबै दैनिक […]

‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशिर्वाद बचत खाता’ योजना ल्याएको छ। १ करोड १ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको यस खाता निक्षेपकर्ताहरूको सर्वोपरी हितलाई ध्यानमा राख्दै ल्याएको बैंकले जनाएको छ।...

‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना

एनएमबी बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्षित गरी ‘एनएमबी स्मार्ट नारी बचत खाता’ योजना ल्याएको छ।...

एनआईसी एसिया बैंकको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना

एनआईसी एसिया बैंकले ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कम्पनी तथा संघ संस्थालाई लक्षित गरी उत्कृष्ट फाइदा सहितको ‘सर्वश्रेष्ठ तलब बचत खाता’ योजना सार्वजनिक गरेको जनाएको छ ।एनआईसी एसियाले हाल अन्य बैंकमा रहेका भुक्तानी सम्बन्धी खातामध्ये पनि अझ उत्कृष्ट फाइदासहितको अतुलनीय एवं विशिष्ट प्रकारको तलब बचत खाता ल्याएको दावी गरेको […]

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’ योजना

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ बचत खाता योजना ल्याएको छ। मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजंघा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक–फरक सुविधाहरु ल्याइएको छ। यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको […]

मेगा बैंकको ‘एक–से–एक बचत खाता’ याेजनामा ८.०३ प्रतिशत ब्याज पाइने

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ ।

सन्‌राइज बैंकको ‘सन्‌राइज सम्पूर्ण बचत खाता’ योजना सञ्चालनमा, यस्ता छन् फाइदाहरू

नौलो र समयसापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सन्‌राइज बैंकले आफ्ना ग्राहकहरूको हितलाई ध्यानमा राख्दै नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ बैंकको आकर्षक बचत खाता योजना

मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको हो ।ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको समृद्धि बचत खाता खोल्न […]