झापा – विभागीय टिम त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा पुगेको छ । सातदोबाटो युथ क्लबलाई चार–एक गोलको फराकिलो अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले दुई तथा सुमन आर्याल र सन्तोष तामाङले एक–एक गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरे ।
बिर्तामोडमा रहेको डोमालाल राजवंशी मैदानमा २७ औँ मिनेटमा सुमन आर्यालको गोलबाट आर्मीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा दीपक सिंहले गोल गर्दै खेललाई पहिलाे हाफमा एक&nd...