एपीएफलाई हराउँदै सातदोबाटो झापा गोल्डकपको सेमिफाइनल

झापा : सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि सातदोबाटोले जावलाखेल युथ क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।सातदोबाटोका सुशील राईले खेलको ८२ औँ मिनेटमा गोल गरेलगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले सातदोबाटोको अग्रतालाई द

सम्बन्धित सामग्री

झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्। खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...