काठमाडौँ। जुनियर ब्याडमिन्टनमा विश्व एक नम्बरमा पर्न सफल नेपाली खेलाडी प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन्। प्रिन्सलाई सम्मान गर्न काठमाडौँमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक वर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए।