प्रिन्स दाहाल जुनियरतर्फको ब्याडमिन्टन विश्ववरीयताको शीर्षस्थानमा

काठमाडौं : नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर तर्फको विश्ववरीयतामा शीर्षस्थानमा पुगेका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लुएफ)ले जारी गरेको नयाँ वरीयता अनुसार दाहाल जुनियरतर्फ शीर्षस्थानमा उक्लिएका हुन्। यो नेपाली ब्याडमिन्टनको एउटा इतिहास हो। यसअघि प्रिन्सले शीर्ष तीनसम्म स्थान बनाएका थिए। शीर्षस्थानमा रहेका प्रिन्सको १०४०० अंक छ भने दोस्रो स्थानमा रहेका…

सम्बन्धित सामग्री

ब्याडमिन्टन टोली श्रीलंका प्रस्थान

२० माघ, काठमाडौं । श्रीलंकामा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ब्याडमिन्टन खेलाडी शुक्रबार श्रीलंकाको गल प्रस्थान गरेको छ । फेब्रुअरी ५ देखि ११ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल सिरिजमा प्रिन्स, रशिला, […]

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: प्रिन्स र रसिलालाई उपाधी

पिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन्।स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–०...

पुष्पलाल स्मृति ब्याडमिन्टन: क्वाटरफाइनलमा पुलिसका प्रिन्स र आर्मीकी रसिला

१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जन प्रवेश गरेका छन्।...

ब्याडमिन्टन टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा […]

प्रिन्स दाहाल र रसिलालाई उपाधि

रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले बिहीबार दोस्रो योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला वरीयता ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुष एकलको...

प्रिन्स र अनुमायाँ पुष्पलाल ब्याडमिन्टन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभका प्रिन्स दाहाल र नेपाली सेनाकी अनुमाया राईले लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिला एकलतर्फको शीर्ष १२ भित्रको प्रतिस्पर्धामा राईले सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्डका आधारमा जित हात पार्दै उपाधि […]

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल सम्मानित

काठमाडौं । विश्व ब्याडमिन्टको जुनियर वरीयतामा नम्बर एक बन्न सफल युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्त्री शेरबहादुर देउवाले  प्रिन्सलाई सम्मान गरेका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको जुनियरतर्फको विश्व वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लन सफल भएका थिए । ओलम्पिकबाट मान्यताप्राप्त खेलमा […]

सद्भावना दूत बने ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल

मोरङ – दर्चुलाका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई विराटनगरस्थित बन्जारा एग्रोले सद्भावना दूत बनाएको छ। विराटनगर–१२ स्थित एग्रोमा सोमबार आयोजित सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा दाहाललाई एक वर्षका लागि १० लाख रुपैयाँसहित एग्रोले दूत बनाएको हो। विदेशमा प्रतियोगिता खेल्न जानका लागि दाहालले एग्रोबाट ओहोर दोहोरको टिकटसमेत पाउने एग्रोका सञ्चालक सञ्जय शर्माले जानकारी दिए। यससँगै दाहालले अब सहभागी […]

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताकाे शीर्ष स्थानमा !

काठमाण्डाै – नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगकाे छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।पहिलो पटक विश्व वरीयताको शीर्ष...

प्रिन्स दाहाल ब्याडमिन्टनको वरीयतामा तेस्रो स्थानमा!

काठमाडौं: नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर तर्फको बरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको नयाँ वरीयतामा दाहाल शीर्ष तीन स्थानमा अटाएका हुन्। यसअघि दाहाल वरीयताको ११ औं स्थानमा थिए। उनले ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेको हुन्। नेपाली ब्याडमिन्टन खेलाडीले विश्ववरियतामा हात पारेको यो अहिलेसम्मकै…