मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा

म्याग्दी : नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङका भेडा च्याङ्ग्रा बजारमा आउन थालेका छन्। कोभिड–१९ का कारण तिब्बतबाट भेडा च्याङ्‍ग्रा ल्याउन नसकेपछि मुस्ताङका विभिन्न ठाउँहरुमा पालिएका भेडा च्याङ्‍ग्रा बजारमा आउन थालेका हुन्।गत वर्ष पनि कोभिड १९ का कारण कोरला नाका बन्द हुँदा तिब्बतबाट भेडा च्याङ्‍ग्रा आयात हुन नसक्दा मुस्ताङबाट ७ हजार बढी भेडा च्याङ्‍ग्रा बजारमा पठाइएको थियो। गत वर्ष साना भेडा च्याङ्‍ग्रा समेत बजारमा पठाइएकाले  यस वर्ष मुस्ताङ

सम्बन्धित सामग्री

तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा, खसीबोका महँगियो

काठमाडौँ,१० असोज । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो । दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिद/बिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा […]

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ ।    पोखरामा मुस्ताङका साथै छिमेकी राष्ट्र चीनबाट पनि भेडा च्याङ्ग्रा आउने गरेकोमा यस वर्ष कोराला नाका नखुलेका कारण त्यताबाट नआउने भएको छ । मुस्ताङसहित केही मात्रामा मुस्ताङ त

हिउँमा भेडा-च्याङ्ग्रा (फोटो फिचर)

जाजरकोट : यतिबेला देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको तापक्रम शनिबार २ डिग्री सेल्सियसमा झरेको छ। त्यस्तै डोल्पा, जुम्ला, हुम्ला, मनाङ मुस्ताङ जस्ता हिमाली जिल्लाहरूमा बाक्लो हिउँ पर्न थालेको छ।बाक्लो हिउँबीच पनि आफ्नो घर-व्‍यवहार तथा भेडा-च्याङ्ग्रा चरिचरण गर्न लैजानु यहाँका स्थानीयको दैनिकी नै हुने गर्छ। उपल्लो डोल्पामा पशुपालन व्यवसाय नै मुख्य पेसा हो। च्याङग्राको मद्धतबाट यहाँका सर्वसाधारणहरू ढुवानीसमेत गर्दछन्। यतिबेला उपल्लो डोल्पामा चिसो र बाक्लो हिउँ परेको छ। यहाँका स्थानीयबा

मुस्ताङका भेडा च्यांग्राको मूल्यवृद्धि

दसैं नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट विभिन्न जिल्लामा पु¥याउने भेडा च्यांग्रा म्याग्दी आइपुगेका छन् ।उपल्लो मुस्ताङमा पालिएका भेडा च्यांग्राहरु यस वर्ष बिगतमा भन्दा १० हजार रुपैयाँ वृद्धि भएके व्यापारीहरु बताउँछन् । कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि मूल्य धेरै भएपछि दसैंमा थोरै मात्र भेडा, च्याङ्ग्रा व्यापारीले बजारमा ल्याएका छन् । मुस्ताङबाट हिडाएर ल्याइएका भेडा च्यांग्राको […]

२० गतेदेखि उपत्यकामा भेडा च्याङ्ग्रा भित्रिने

काठमाडौं : काठमाडौं उपत्यकामा असोज २० गतेदेखि दशैँका लागि भेडा र च्याङ्ग्रा भित्रिने भएका छन्। चौपाया खरिदविक्री सेवा संघले मुस्ताङ लगायत हिमाली जिल्लाबाट उपत्यकामा ल्याउन अहिले ती चौपाया संकलन गरिरहेको जनाएको छ।संघका अध्यक्ष सन्तोष खत्रीले यो वर्षको दशैँका लागि तीन हजार भेडाच्याङ्ग्रा ल्याइने जानकारी दिए। उनका अनुसार खसीबोका भने उपत्यकामा अहिले भित्रिरहेका छन्।‘दैनिक तीन हजार खसीबोका भने उपत्यकामा भित्रने गरेका छन्’‚ उनले भने, ‘आउँदो २५ गते बढी खसीबोका भित्रिने

तिब्बतका भेडा नआउँदा दशैंमा भेडा र च्याङ्ग्राको भाउ बढ्ने

म्याग्दी । नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर मुस्ताङ्बाट भेडा च्याङ्ग्रा बेंसी झार्न सुरु गरिएको छ । कोभिड–१९ का कारण कोरला नाका ठप्प रहेकाले यो वर्ष दशैंमा थोरै मात्र भेडा च्याङ्ग्रा बजारमा आउने भएका छन् । पर्याप्त मात्रामा भेडा च्याङ्ग्रा नपाईने भएपछि ब्यापारीहरुले भेडा च्याङ्ग्राको मूल्य भने उचालेका छन् । उपल्लो मुस्ताङमा नै एउटै च्यांग्राको […]

चिनियाँ व्यापारीले नाकासम्मै भेडाच्याङ्ग्रा ल्याइदिए

रसुवा – यसपालिको दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका छन् । दशैँ नजिकिँदै गएको र नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका हुन् । यसपालि झन्डै डेढ सय भेडा–च्याङ्ग्रा आएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । दशैँकै लागि आएका भेडा–च्याङ्ग्रा उतै महँगो परेकाले यस पटक मूल्य वृद्धि हुने कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै एउटा भेडा–च्याङ्ग्राको २६ हजार ...

आउनै लाग्यो दशैं, आइपुगेनन् मुस्ताङ्गी भेडा च्याङ्ग्रा

असोज १४, म्याग्दी  ।  बडादशैं नजिकिंदै आएको छ । दशैंमा  मुस्ताङी भेडाच्याङ्ग्राको माग र महत्व पनि ह्वात्तै बढ्ने गर्दछ । तर,यसपटक भने कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्ग्राको मूल्य पनि आकासिएको छ । तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्यांग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजार रुपैयाँसम्मले महंगिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताए ।मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङ्मै भेडा च्याङग्राको अभाव देखिएको बताए ।  ‘लोमान्थाङबाट बिहीवारमात्रै केही भेडा च्याङ्ग्राहरु तल (मुस्ताङ) झर्दै गरेका जानकारी पाएको छु’, अध्यक्ष तुलाचनले भने, ‘गत वर्ष व्यापारीले २७ हजार रुपैयाँ प्रतिगोटामा विक्री गरेको च्यांग्राको भाउ यसपटक ३५ हजार रुपैयाँभन्दा माथि पुगेको जानकारी आएको छ ।’ मूल थलोमै महंगो भएपछि बजारमा च्यांग्राको भाउ अझै बढ्न सक्ने उनको भनाइरहेको छ । गतवर्ष मुस्ताङबाट मात्रै करिब ७  हजार च्यांग्रा बिक्रीका लागि पठाइएकोले यस वर्ष मुस्ताङमा पनि धेरै भेडा च्याङ्ग्रा नभएकाले समस्या उत्पन्न भएको उनले बताए । कोभिड–१९का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्यांग्रा मुस्ताङ आउन नपाएको एक दशकदेखि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताए । पाँच दिन अघिमात्र मुस्ताङबाट सरुवा भइ म्याग्दीको बेनी भेटेरीनरी अस्पताल तथा पशु विकास केन्द्रमा आएका केन्द्र प्रमुख जीवन आचार्यका अनुसार यस वर्ष तिब्बतबाट भेडा च्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राहरु मात्रै ढिलोगरी बजारमा आउने भएका छन् । उनका अनुसार मुस्ताङमा पालिएका ती भेडाच्याङ्ग्राको मूल्य मुस्ताङमा नै ३५ हजारदेखि ३९ हजार रुपैयाँसम्म रहेको छ । सामान्य अवस्थामा व्यापारीहरुले दशैंलाई लक्षित गर्दै तिब्बतबाट च्यांग्रा ल्याउने गरेकोमा यस वर्ष यस्तो नभएको उनको भनाइ छ ।

भेडा च्याङ्ग्राको मूल्यवृद्धि

-धुर्वसागर शर्मामहानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा  मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्‍ग्राको मूल्य पनि आकासिएको छ ।तिब्बतबाट च्याङ्‍ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले जानकारी दिए । मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तु