रसुवा – यसपालिको दशैँका लागि चिनियाँ व्यापारीले रसुवागढी नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका छन् । दशैँ नजिकिँदै गएको र नाकाबाट मानिसको आवतजावत रोकेका कारण व्यापारीले नाकासम्म नै भेडा–च्याङ्ग्रा ल्याइदिएका हुन् । यसपालि झन्डै डेढ सय भेडा–च्याङ्ग्रा आएको पशु क्वरेण्टीन कार्यालय रसुवाले जनाएको छ । दशैँकै लागि आएका भेडा–च्याङ्ग्रा उतै महँगो परेकाले यस पटक मूल्य वृद्धि हुने कार्यालय प्रमुख डाक्टर विकास धौवन्जारले बताउनुभयो । ‘व्यापारीले खरिद गर्दा नै एउटा भेडा–च्याङ्ग्राको २६ हजार ...