म्याग्दी : यस वर्षको दशैँलाई लक्षित गरेर जोमसोमको बाटो हुँदै करिब १२ हजार भेडा-च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका छन्।दुई वर्षअघिसम्म २० देखि २५ हजारको हाराहारीमा निकासी हुँदै आएका भेडा-च्याङ्ग्रा कोभिड १९ का कारण तिब्बतबाट कोरला नाका हुँदै मुस्ताङ ल्याउन नसकिएपछि बजारमा कम मात्रामा निकासी गरिएको हो।बजारमा निकासी गरिएका भेडा-च्याङ्ग्रामध्ये आठ हजार मुस्ताङको उत्पादन र बाँकी चार हजार डोल्पाबाट ल्याइएको भेटरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए। उनका अन