रुपन्देही । सत्तारुढ नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीलेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेपछि उनको पार्टीभित्रै आलोचना भएको छ । दुई दिनअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेससँगको साइनो तोड्ने पत्र लेखेकी चौधरीले राष्ट्रपतिको कदमको स्वागत गरेपछि कांग्रेसको नजरमा आलोचित बनेकी छन् भने विपक्षी दलका सांसदहरुले सदनमै समर्थन गरेर ताली बजाएका […]