काठमाण्डाै - संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई लिएर विवाद भएको छ ।
प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेस सांसद बचाउमा उत्रिएका छन् । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताउनु भएको छ ।
समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उहाँको भनाइ छ । एसपीपीबारे प्रधानमन्त्री देउवाको जव...