संसदीय समितिमा उठ्यो लाइसेन्स परीक्षाको विषय, सचिवले दिए कर्मकाण्डी जवाफ

लामो समयदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा हुन नसकेको र नयाँ आवेदन समेत नखोलेको विषयमा संसदीय समितिमा कुरा उठेको छ ।  प्रतिनिधि सभाको विकास र प्रविधि समितिमा आइतवार कांग्रेस सांसद रंगमति शाहीले समयमा लाइसेन्सको परीक्षा गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी हुन् । उनले लाइसेन्स वितरण प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।  बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले तीन सिफ्टमा काम गरेर ट्रायलको काम गर्न निर्देशन दिइएको बताए । ‘लामो समयदेखि पेन्डिङ रह...