७० आरोही सगरमाथा शिखरमा

सोलुखुम्बु । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ । 

सम्बन्धित सामग्री

१९ जना सगरमाथा शिखरमा, चुचुरोतर्फ जानेको लर्को

यस वर्षको वसन्तकालीन सिजनमा आरोहण खुला भएसँगै आरोहीले सगरमाथा शिखर चुम्न थालेका छन् । हालसम्म नौजना आइसफल डाक्टर र १० जना आरोही–गाइड गरी १९ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेको सगरमाथा आधार...

एकैदिन दश आराेहीले चुमे सगरमाथा शिखर

आज थप दश जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पाँच नेपाली र पाँच विदेशी गरी दश जना आरोहीले सगरमाथाकाे शिखर चुमेका हुन् ।

सगरमाथाको चुचुरोमा पुगिन् अभिनेत्री दीया

अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनले शुक्रबार बिहान सगरमाथा शिखर चुमेकी हुन् ।उनी सगरमाथा शिखरमा पुग्न सफल भएको आरोही निर्मल पूर्जाले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित  २० जनाको टोलीले एकसाथ सगरमाथा आरोहण गरेको छ । ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ गत चैत्रमा आरोहण सुरु गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा

हिमाल सफाइ गर्ने शैलीको विख्यात आरोही कामिरिता शेर्पाले गरे आलोचना

नेपाल सरकारले यो वसन्तऋतुमा पनि सगरमाथासहित छवटा हिमाल सफाइ गर्ने योजना सार्वजनिक गरेको छ। तर २४ पटक सगरमाथा शिखर चुमेका कामीरिता शेर्पाले हिमाल सफाइ गर्ने सरकारी शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।