शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकाशा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालले यस विषयमा स