एआईजी विश्वराज पोखरेलको रिटको पेसी माथेमाको इजलासमा

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी)धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ। रिटको पेसी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ। पोखरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट […]

सम्बन्धित सामग्री

३० वर्षे सेवाहद हटाउने चलखेलले ‘एआईजी’ बढुवा अन्योलमा

काठमाडौं । प्रहरीमा ३० वर्षे सेवाहद हटाउने चलखेलका कारण रिक्त चार अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा अन्योलमा परेको छ । प्रहरीमा ८ एआईजी दरबन्दी रहेकोमा हाल चार एआईजीको कुर्सी खाली छ । एआईजीको ५६ वर्षे उमेरहदका कारण विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुणकुमार बीसी र रवीन्द्र धानुकले अवकाश पाएपछि एआईजी पद रिक्त भएको हो । प्रहरी […]

एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका  छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बि

विदा अस्वीकृत भएपनि प्रहरी प्रधान कार्यालय हाजिर भएनन् एआईजी पोखरेल

२६ जेठ, काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल आफूले माग गरेको थप विदा अस्वीकृत भए पनि कार्यालय हाजिर भएका छैनन् । सरकारले आफूभन्दा कनिष्ठ धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेको भन्दै उनले १८ वैशाखदेखि लागू हुने गरी एक महिना विदा लिएका थिए । र, आईजीपी बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए […]

एआईजी थापा काममा फर्किए

काठमाडौँ । सरकारले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै बिदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापा काममा फर्किएका छन् । तेस्रो नम्बर वरीयताका एआईजी आइजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुल बहादुर थापाले बिदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन बिदा निवर्तमान प्रहरी […]

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेल सर्वोच्चमा

१९ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सर्वोच्च अदालत गएका छन् । उनले वारेसमार्फत दिन लागेको रिट सर्वोच्च अदालतमा पेश गरेका छन् । अर्का अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले भने आफू रिट लिएर जाने वा नजानेबारे कानुनी परामर्शमा रहेको बताएका छन् । आइतबार मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा एआईजी धिरजप्रताप सिंहलाई […]

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै २ एआईजी बिदामा

सरकारले धिरज प्रताप सिंहलाई २९ औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसँगै उनका प्रतिस्पर्धी दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बिदामा बसेका छन् ।आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले लामो बिदा लिएका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थाहा पाएपछि दुवैले पेस गरेका थिए ।अवकाशमा जानुअघि निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको बिदा स्वीकृत गरेका छन् । प्रहरी प्रधान कार्यालयका एकजना उच

आईजीपीको बिदाईमा २ एआईजी अनुपस्थित

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीसँगै अवकाशमा जाने उच्च अधिकृतको बिदाई समारोह आयोजना गरिएको थियो । सो समारोहमा दुईजना अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा अनुपस्थित भएका छन् ।२०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापा आईजीको प्रतिस्पर्धामा थिए । तर, मन्त्रिपरिषद्ले आइतबार बिहान धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको छ । बढुवा प्रतिस्पर्धा

आईजीपीको विदाइ कार्यक्रममा गएनन् सिनियर एआईजी पोखरेल र थापा

१८ वैशाख, काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई विदाइ गर्न आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा उपस्थित भएनन् । आइतबार दिउँसो सरकारले तेस्रो वरियताका धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि रुष्ट बनेका पोखरेल र थापा प्रहरी प्रधान कार्यालय, नक्सालको कार्यक्रममा सहभागी नभएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालले आईजीपी […]

आईजीपी नियुक्तिविरुद्ध दुई एआईजी अदालत जाने तयारीमा

काठमाडौँ- सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन् । त्यसका लागि उनीहरूले छलफल थालेका छन् । पोखरेल र थापा एआईजी बनेको एक […]

एआईजी पोखरेल सुटुक्क भारततर्फ

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन् । बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन् ।झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।आईजीपी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनको