आईजीपीको बिदाईमा २ एआईजी अनुपस्थित

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीसँगै अवकाशमा जाने उच्च अधिकृतको बिदाई समारोह आयोजना गरिएको थियो । सो समारोहमा दुईजना अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा अनुपस्थित भएका छन् ।२०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल र सहकुलबहादुर थापा आईजीको प्रतिस्पर्धामा थिए । तर, मन्त्रिपरिषद्ले आइतबार बिहान धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको छ । बढुवा प्रतिस्पर्धा