विराटनगर : एक दशकपछि आफ्नो दलबलसहित नेपाली काङ्ग्रेसमा फर्किएका उपप्रधान एवम् स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले पार्टीमा अहिले पनि उस बेलाकै जस्तो समस्या र चुनौती रहेको बताएका छन्।
शुक्रबार दिउँसो विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसित उनले आफूले अत्यन्त अप्ठ्यारो र कठिन स्थितिमा पार्टी परित्याग गरेको उल्लेख गर्दै अहिले समायोजनपछि पनि त्यस्तै