मालपोतका कर्मचारी पाँच हजार घूससहित पक्राउ

काठमाडौं– मालपोत कार्यालय डिल्लीबजारमा एक कर्मचारी पाँच हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । कार्यालय सहयोगी पाँचौ तहका होमनाथ खतिवडा  लिएको घूस रकमसहित पक्राउ परेका हुन् । उनले सेवाग्राहीसँग मोही लगतकट्टा गरेवापत सो रकम मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले पक्राउ ...

सम्बन्धित सामग्री

मालपोतका कर्मचारी पाँच हजार घूससहित पक्राउ

काठमाडौं– मालपोत कार्यालय डिल्लीबजारमा एक कर्मचारी पाँच हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । कार्यालय सहयोगी पाँचौ तहका होमनाथ खतिवडा  लिएको घूस रकमसहित पक्राउ परेका हुन् । उनले सेवाग्राहीसँग मोही लगतकट्टा गरेवापत सो रकम मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले पक्राउ ...

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

काठमाडौँ,३१ साउन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । रासस

उपसचिव नेपालको गाडीबाट अख्तियारद्वारा थप साढे १६ लाख रुपैयाँ बरामद

काठमाडौँ – ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। त्यसपछि गाडी खानतलासी गरेको अख्तियारले उनले प्रयोग गर्ने बा १ झ ९९४६ […]

गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आइतबार रु ३० हजार घूससहित पक्राउ परेका छन् ।

गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ

महेन्द्रनगर– कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आज रु ३० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घूस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारको प्रारम्भिक जानकारीअनुसार घूससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका […]

नगर प्रमुखसहित ४ जना घूससहित पक्राउ

फागुन १५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुखसहित चारजनालाई आइतवार घूससहित पक्राउ गरेको छ । आयोगको टोलिले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपछि अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहना बनाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घूसमाग गरिरहेको अवस्थामा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलसहित चार जनालाई पक्राउ गरेको हो । आयोगले सूचना एवं उजुरी निवेदनका आधारमा नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल, निजका सहयोगी अशोक प्रसाद पटेल,  योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल  र सह- लेखापाल प्रदिप कुमार यादवलाई सेवाग्राहीबाट घूस बापत २ लाख ५० हजार रुपैयाँ नगद र २ लाख ५० हजार रुपैयाँको चेक लिइसकेको अवस्थामा नगर प्रमुखकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ ।

मालपोत कार्यालयका प्रमुख र अमिन घूससहित पक्राउ

मंसिर १५, काठमाडौ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले मालपोत कार्यालय चितवनका प्रमुख र वडा कार्यालयका अमिनलाई  सेवाग्राहीबाट ५ लाख रुपैयाँ घूससहित पक्राउ गरेको छ । अख्तियारको टोलिले बुधवार मालपोत कार्यालय चनौली, चितवनका मालपोत अधिकृत मुकुन्द पौडेल र करारमा कार्यरत भरतपुर महानगरपालिका- २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिंदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका थिए ।  अख्तियारले प्रमुख पौडेलबाट १ लाख ५०  हजार रुपैयाँ नगद र अमिनबाट १ लाख ५०  हजार रुपैयाँ नगद र ३ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको छ । अंशबण्डा गरी बाटो कायम गर्नका लागि जग्गाको कित्ताकाटलगायतका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेका थिए । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए । अख्तियारको टोलिले उनीहरु दुवैलाई भरतपुर–४ धर्मचोक लङ्कुबाट पक्राउ गरेको अख्तियारका  सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

मालपोत अधिकृत ५० हजार घूससहित पक्राउ

मालपोत कार्यालय चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल घुससहित पक्राउ परेका छन् ।  अंशबण्डा एवं बाटो कायम गरी जग्गाधनी प्रमाणपूर्जा बनाई दिएबापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पौडेललाई पक्राउ घूस रकमसहित पक्राउ गरेको हो । उनलाई भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित मालपोत कार्यालयको क्वाटरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।

यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसहित दुई जना २ लाख ७३ हजार ८५० रुपैयाँ घूससहित पक्राउ परेका छन्

१ लाख ५ हजार घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध अख्तियारले मंगलबार मुद्दा दायर गरेको हो ।  आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत एक लाख पचास हजार रुपैयाँ लिएको आरोपमा उनी पक्राउ गरेका थिए ।