यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसहित दुई जना २ लाख ७३ हजार ८५० रुपैयाँ घूससहित पक्राउ परेका छन्

सम्बन्धित सामग्री

सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी घुससहित पक्राउ

महोत्तरीको सम्सी गाउँपलिकाका लेखापाल र कार्यालय सहयोगी १ लाख २५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल १ लाख २५ हजार घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगीलाई एक लाख २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी चरिन यादव पक्राउ परेका हुन् । कोभिडको जनचेतनामूलक कार्यक्रमको भुक्तानीका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।

उद्योग विभागका २ कर्मचारी घुससहित पक्राउ

१४ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागका दुई कर्मचारीलाई घुस सहित नियन्त्रणमा लिएको छ । अख्तियारले विभागकी शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापालाई १२ हजार घुस सहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरु दुवैजनाले कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियारको दाबी छ […]

डिल्लीबजार मालपोतका सहयोगी घुससहित पक्राउ

काठमाडौं । डिल्लीबजार मालपोतका कार्यालय सहयोगी घुसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोतमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडा ५ हजार घुस माग्दा पक्राउ परेका हुन् । मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिएको आरोप उनीमाथि लागेकाे छ । उनको साथबाट स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय रुपैयाँ […]

३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको एक विद्यालयका प्रधानाध्यापक र सोही बिद्यालयका कार्यालय सहयोगी तीन लाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन् । इशनाथ नगरपालिकाको घिउराटोलमा रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान […] The post ३ लाख घुस सहित विद्यालयका प्रधानाध्यापक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

यातायात कार्यालय जनकपुरका कर्मचारी र बिचौलिया साढे २ लाख घुससहित पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया रामकिशोर भगतलाई नियन्त्रणमा लिएको हो।

मालपोतका सुब्बा र कार्यालय सहयोगी तीन लाख घुससहित पक्राउ

मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुससहित पक्राउ

१७ हजार घुससहित कार्यालय सहयोगी पक्राउ

बुटवल : उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव घुससहित पक्राउ परेका छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १७ हजार घुससहित पक्राउ गरेको हो। मुद्दा मिलाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ। उनी करारमा सहयोगीको रुपमा नियुक्त भएका थिए।

​घुससहित मालपोतका नासु र सहयोगी पक्राउ

चितवन, जेठ १७ – मालपोत कार्यालय चितवनका नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।...