दैलेख – काेराेना भाइरसकाे सङ्क्रमण राेकथामका लागि जिल्ला प्रशासन कार्यालय दैलेखले एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएकाे छ ।
जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीकाे आइतवार बसेकाे बैठकले वैशाख २१ गते मङ्गलवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गर्ने जनाएकाे हाे ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेका अन्य सबै सेवा बन्द हुने भएकाे छ ।