जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि पछिल्ला केही तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप (खुकुलो बनाउँदै) निषेधाज्ञा थपिएको हो’ उनले भने । जसमा औषधि र औषधिजन्य पदा