जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला कोभिड&nd