बनियानी (झापा) – कन्काई नगरपालिकाका किसानले करिब रु एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन्। नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए। “विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ”, उनले भने, “तालिम लिएसँगै किसानले तरकारीखेती […]