ओखलढुंगामा पर्माकल्चर विधिबाट तरकारी उत्पादन

ओखलढुंगा । ओखलढुंगाको निशंखेमा पहिलो पटक पर्माकल्चर विधिबाट तरकारी उत्पादन गरिएको छ । सुख्खा ग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो । रासायनिक मल र विषादिका कारण बिग्रिएको जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी मानिन्छ । यस विधिमा जमिनमुनी १४ इञ्चसम्म पत्कर, स्याउला, जैविक मल र माटोको […]