टनेल प्रविधिबाट तरकारी उत्पादन

तेह्रथुम-धनकुटाको महालक्ष्मी–१ मा घरैपिच्छे टनेल प्रविधिमार्फत खेती अभियान नै सञ्चालन भइरहेको छ । सो टनेल घरमा मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्गारिक तरकारी उत्पादन हुन थालेपछि किसानहरु दंग परेका छन् ।टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी बिक्रीबाट केही आम्दानीसमेत गराएको छ । यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् […]