एकीकृत समाजवादीको निर्वाचन समीक्षा : गठबन्धन दलमा सहकार्यको भावना ज्यादै कमजोर, आफ्नै पार्टीमा पनि समस्यैसमस्या
स्थानीय निर्वाचनमा अपेक्षाकृत सफलता हात पार्न नसकेको एकीकृत समाजवादीले गठबन्धनमा रहेका दलमा सहकार्यको भावना ज्यादै कमजोर रहेको निष्कर्ष निकालेको छ । मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा १३ पेज लामो चुनावी...
नेकपा (एकीकृत समाजवादी) को नवलपुर जिल्ला अध्यक्ष झविलाल लालरान एमालेमा प्रवेश गरेका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टीमा स्वागत गरे ।
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी अर्को कुनै पार्टीमा गएर विलय नहुने बताएका छन् । आज भक्तपुरमा एकीकृत समाजवादीको प्रथम जिल्ला अधिवेशनमा बोल्दै उनले एकीकृत समाजवादी अर्को पार्टीमा विलय हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे। अध्यक्ष नेपालले भने, “कसै–कसैलाई लागेको छ, हाम्रो पार्टी अरु कुनै पार्टीमा गएर विलय हुनेछ, […]
राजनीतिक दलसम्बन्धी अध्यादेशअन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधी सकिइसक्दा लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) कमजोर देखिएको हो।...
नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाअध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) प
रौतहटमा एमाले जिल्ला कमिटीका ७१ मध्ये ६१ जना सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । माधवकुमार नेपालको गृह जिल्लासमेत रहेको रौतहटमा एमाले जिल्ला कमिटीका अधिकांश सदस्यले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।नेकपा एकीकृत समाजवादीका प्रदेश २ का अध्यक्ष रामचन्द्र यादवले रौतहटमा एमालेको कमिटी नै नेकपा एकीकृत समाजवादीमा विलय भइरहेको बताए । सो पार्टीको जिल्ला कार्यसमिति रौतहटले शुक्रबार सदरमुकाम गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले नेकपा एमालेको ७१ जना जिल्ला कार्यसमित
काठमाडौं, भदौ १७ । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर उनीहरुले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । दिल्लीप्रसाद उप्रेतीले भारतको दिल्ली रहेकाले त्यतैबाट सनाखत गर्ने बताइएको छ । प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए […]
माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेसँगै अहिले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु दल छान्नमा व्यस्त रहेका छन् ।
काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताउनुभएको छ । आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले कुनै पार्टीसँग एकता नगर्ने बताउनुभएको हो ।
सञ्चार माध्यममा एकीकृत समाजवादी पार्टी अन्य पार्टीसँग एकता गर्न लागेको, अरूको पार्टीमा गएर विलीन हुन लागेको भन्ने प्रचार भइरहेको भन्दै उहाँले त्यस्तो प्रचारमा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीको तल्लो तहसम्म पार्टीका कमिटीहरू विद्यमान रहेको भन्द...