सिरहामा ६१ जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)

नेकपा एमालेबाट सिरहाको स्थानीय तहमा निर्वाचित ६१ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न पाउने उपलब्ध गराएको समय सीमाभित्र सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्षसहित ६१ जनप्रतिनिधिले नेकपा एमाले त्याग गरी नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।नेकपा एमालेबाट निर्वाचित सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र तीन वटै वडाका वडाअध्यक्षसहित अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) प