सृजना नेपाल हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्रका किसानले उत्पादन गरेको तरकारी असिना र कोरोनाले गर्दा खाल्डो खनेर पुर्नुपरेको छ।गत वैशाख १६ गते आएको असिना पानीले तरकारीलाई असर पारेको थियो। ती तरकारीलाई कोरोना संक्रमण न्यूनीकरणको लागि लागू भएको निषेधाज्ञाले गर्दा समयमा बिक्री गर्न नपाएपछि खाल्डो खनेर पुर्नुपर्ने अवस्था आएको हो।थाहानगरको बज्रवाराहीका कृषक मुक्तिनाथ उप्रेतीको अनुसार बज्रबराहीमा अन्य तरकारीको तुलनामा काउली धेरै क्षेत्रफलमा लगाइएको छ। तर, असिना पानीले दाग लागेको क