काठमाडौं । वाइडबडी जहाज खरिदको अनियमितता छानबिन गर्न गठित संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले आउँदो १९ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । बुधबार बसेको उपसमिति बैठकले वाइडबडी खरिद प्रक्रियासँग जोडिएका संघसंस्था र ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय छानबिन विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरेको छानबिनलाई जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा आपराधिक काम भएकै दाबी गरेका हुन् । ११ सदस्यीय समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सीसीटीभी फुटेजमा अनधिकृत व्यक्तिको […]
चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ । शुक्रबारको संसदमा बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेका हुन् ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा एमालेका माग बमोजिम समिति गठन भएको थियो । करका दर हेरफेर गरेको भनिएको आरोपमा समितिले १७ दिन लगाएर छानबिन गरेको थियो। बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिक
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटासमक्ष बुझाइँदैछ । संसदीय विशेष समितिले सभामुख सापकोटालाई केहीबेरमा प्रतिवेदन बुझाउन लागेको हो ।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले समिति संयोजकका हैसियतमा सभामुखलाई...
चालू आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले १७ दिन लगाएर छानबिन गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आज बिहान सभामुखसँग समय मागेर प्रतिवेदन बुझाइनेछ । बजेटको अघिल्लो राति १४ जेठमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भए–नभएको छानबिन गर्न प्रतिनिधिसभाले २२ असारमा समिति गठन गरेको थियो । समितिले
काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय समितिले अन्तिम प्रतिवेदन तयार गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको अन्तिम बैठकले सहमति जुटेका विषय र सहमति जुट्न नसकेका विषयलाई समेटेर अन्तिम प्रतिवेदन तयार गरेको हो । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ लेखिएको छ […]
१२ साउन, कामाडौं । प्रमुख पार्टीका शीर्ष नेताहरुले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रतिवेदन सहमतिमै तयार गर्न संसदीय विशेष समितिका सदस्यहरुलाई सुझाव दिएका छन । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको भनी प्रश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले छानबिनका लागि ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय […]
११ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्दैछ । समितिका सभापति लक्षमणलाल कर्णले हालसम्मको अध्ययन अनुसन्धानको विश्लेषण गरेर आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्ने बताए । समितिका सचिव सुरेन्द्र अर्यालले समितिले बुझ्नुपर्ने विषय बुझिसकेकाले आज थप छलफल गर्ने र प्रतिवेदन लेख्न थाल्ने […]
काठमाडौं, साउन ९ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज मगाएको छ । आइतबार बसेको समितिको बैठकले सिंहदरबार प्रवेशद्वारको फुटेज मगाउने निर्णय गरेको हो । समितिले नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि सिंहदरबारको […]
१० भदौ, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले दार्चुला तुइन घटनाबारेको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । यस्तै उक्त घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन पनि राज्य व्यवस्था समितिले निर्देशन दिएको छ ।
काठमाडौँ । वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोधको समस्या पहिचान र छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित ८ सदस्यीय कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । समितिमा अर्यालसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र सार्वजनिक […]