काठमाण्डाै – सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डाैका अनुसार यही फागुन २५ गते राति सवा १० बजेको समयमा काठमाण्डाै महानगरपालिका ७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो । चाबहिलमा रहेकाे ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिन...